
८ भदौ, काठमाडौं । भारतीय अभिनेता अक्षय कुमारले अभिनय गरेको ‘बेल बटम’लाई साउदी अरेबिया, कुवेत र कतारले प्रतिबन्ध लगाएका छन् । ऐतिहासिक तथ्यलाई तोडमोड गरेर देखाएको भन्दै तीन मुलुकले यो फिल्ममाथि प्रतिबन्ध लगाएका हुन् ।
फिल्मले समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको अवस्थामा साउदी, कुवेत र कतारले भने यसमाथि प्रतिबन्धको निर्णय गरेका हुन् । समाचारमा जनाइएअनुसार यो फिल्ममा सन् १९८० को दशकमा भएको विमान अपहरणको घटनालाई देखाउने प्रयास गरिएको छ । फिल्ममा अपहरणकारीले विमानलाई पाकिस्तानको लाहोरबाट कुवेत लगेको देखाइएको छ ।
वास्तविकतामा भने उक्त विमानलाई यूएईका रक्षामन्त्री शेख मोहम्मद बिन रासिद अल माक्टुमले व्यक्तिगत रुपमा यो घटनालाई सम्हालेका थिए । साथै यूएईको प्रशासनले नै अपहरणकारीलाई पक्राउ गरेको थियो । यही कारण खाडी मुलुकले यो फिल्ममाथि प्रतिबन्ध लगाएको हुनसक्ने समाचारमा उल्लेख छ ।
‘बेल बटम’मा भानी कपुर, लारा दत्त, हुमा कुरेसी, अदिल हुसेनलगायतका कलाकारले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4