+
+

सुदूरपश्चिम सरकारले राजपत्र छाप्न सञ्चालनमा ल्यायो मुद्रण प्रेस

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १६:००

८ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्नका लागि मंगलबारदेखि मुद्रण प्रेस (छापाखाना) सञ्चालनमा ल्याएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्र छपाइका लागि २७ लाख ८० हजार रुपैयाँमा खरिद गरेको प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याएको हो ।

औपचारिक कार्यक्रमकाबीच मेसिनको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले विधिवत रुपमा पूजापाठ गरेर उद्घाटन गरेकी छन् । मन्त्री जोशीले प्रदेश सरकारले राजपत्र छाप्न मुद्रण विभागमा पठाउनुपर्ने बाध्यताको अन्त्य भएको बताइन् ।

‘हामीले प्रदेशसभाबाट पारित गर्ने विद्येयक, सरकारले बनाउने विभिन्न कार्यविधी, नियमावलीहरु राजपत्रमा प्रकाशित गरेपछि मात्र कार्यान्वयनमा आउँछन्,’ मन्त्री जोशीले भनिन्, ‘विगतमा मुद्रण विभागमा पठाउँदा छाप्न दुई तीन महिना लाग्ने गरेको थियो । सोही बाध्यतालाई ध्यानमा राखेर हामीले आजदेखि आफ्नै मेसिन सञ्चालन गरेका छौँ । अब आफै राजपत्र छापेर छिटोछरितो प्रकाशन गछौँ ।’

मुद्रण विभागले राजपत्र छाप्न ढिलो गर्दा प्रदेश सरकारले बनाएका ऐन, कानून, कार्यविधी कार्यान्वयनमा समस्या हुने गरेको थियो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेटमै मुद्रण मेसिन खरिद तथा जडान गर्ने कार्यक्रम राखेको थियो । सोही अनुसार खरिद गरेर अहिले जडान गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?