+
+

सलाम एयरबाट राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते २०:१५

अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)को आयोजनामा विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ ।

१७ खेलाडी तथा ५ खेल पदाधिकारीहरू सहित कूल २२ जनाको टोलीलाई सलाम एयरको नेपाल स्थित जीएसए आइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाई गरे ।

आईसीसी सीडब्लुसी लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच ट्राई–सिरिजका लागि नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू सलाम एयर मार्फत आजै ओमान तर्फ प्रस्थान गरेका हुन् ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले अन्तर्राष्ट्रिय सिरिजका ३२ खेल मध्ये यो विदेशमा खेलिने पहिलो खेल भएको उल्लेख गर्दै यसै प्रतियोगिताबाट विजयको शुरुवात हुने विश्वास व्यक्त गरे । नेपाली क्रिकेट टोलीको खेल प्रदर्शनले सवैलाई आशावादी बनाएको उल्लेख गर्दै ढकालले क्रिकेटले नेपालको पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रबन्धक विनोद दासले आइएमई ग्रुप र सलाम एयरको यो सहयोगले आफु र आफ्नो टीमलाई हौसला प्रदान गरेको बताए । आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले राष्ट्रकै गौरवका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?