+
+
Shares

पौडेल समूहको बैठक चाक्सीबारीमा, सर्वसम्मत नेतृत्वको खोजी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते ७:२५

९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको एक नेताले बताए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीवारीमा निवासमा भएको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित छन् ।

पौडेल समूहमा सभापतिका आकांक्षीको संख्या धेरै भएपछि सहमति जुटाउन नेताहरु निरन्तर छलफलम छन् । दुई दिनअघि पनि उनीहरुबीच सर्वसम्मत नेतृत्व चयनका लागि संवाद भएको थियो । त्यस्तै क्रियाशील सदस्यता सार्वजनिक गर्न भन्दै पौडेल समूहका जिल्ला सभापतिहरु आन्दोलनमा छन् । उनीहरुले मंगलबार पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए भने बुधबारदेखि अनसन सुरु गर्ने भएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर दोस्रो साता काठमाडौंमा हुँदैछ । मंसिर ९ देखि १३ सम्म हुने केन्द्रीय महाधिवेशनका लागि भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ । कांग्रेसले अझै क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?