+
+

१४ सांसदलाई कारबाहीको माग गर्दै एमाले सांसदहरु आज पनि सभामुखको कार्यकक्षमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते ११:३१
फाइल तस्वीर

९ भदौ, काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु आज पनि सभामुखको कार्यकक्षमा पुगेका छन् ।

१४ जनालाई किन कारबाही नगरेको भनेर सोध्न आएको एमाले नेता रामबीर मानन्धरले बताए ।

सभामुख अग्नि सापकोटा पनि कार्यकक्षमा छैनन् । मंगलबार दाँतको माइनर सर्जरी गरेका उनी निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

सभामुखको कार्यकक्षमा मानन्धरसहित खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराईलगायत छन् ।

माधव नेपालसहितका १४ सांसदहरुलाई कारबाही गरेको पत्र एमालेले संसद सचिवालयमा बुझाएको छ । तर अहिलेसम्म पनि सभामुखले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले नेताहरुले दबाब दिंदै आएका छन् । यसअघि पनि एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेर दबाब दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?