+
+

गण्डकीमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १७:५१

९ भदौ, पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा कास्कीका ७ जनासहित स्याङ्जाका २ जना, बागलुङ, पर्वत र तनहुँका १/१ जना छन् ।

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९ पुगेको छ । गण्डकीका कोरोना दोस्रो लहर वैशाखयता मात्रै १ हजार ५२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो दुई हप्तादेखि गम्भीर संक्रमितको संख्यामा वृद्धि भएको छ ।

संक्रमितको संख्यासँगै मृत्युदर बढेपछि प्रदेश स्वास्थ्य मन्त्रालयले अध्ययन प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । समितिले बुधबार साँझसम्म प्रतिवेदन मन्त्रालयमा बुझाउने तयारी रहेको मन्त्रालयका प्रवक्ता डा. रामबहादुर केसीले अनलाइनखबरलाई जानकारी दिए । उनले प्रदेशले स्वास्थ्य नीति समेत तयार पार्न लागेको जानकारी दिएक छन् ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ४९६ जना संक्रमित थपिँदा ३८० जना संक्रमित निको भएका छन् । योसँगै प्रदेशभर ४ हजार ३९८ जना सक्रिय संक्रमित छन् । जसमध्ये ३ सय बढी संक्रमित अस्पतालमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?