+
+

महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते २०:१२

९ भदौ, जनकपुरधाम । महोत्तरीमा अटोमा सवार दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । गौशाला नगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थान नाईट्राभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए ।

उनका अनुसार औरही नगरपालिका–४ कठुधारस्थित सम्सीबाट गौशालातर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह १५२४ नम्बरको अटो गाडीलाई रोकेर चेकजाँच गर्दा लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?