
१० भदौ, विराटनगर । नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनरुवा नगरपालिका-३ स्थित घरमा मृत भेटिएका हुन् ।
मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाले प्रहरी टोली मृतकको घर पुगेको बताए । प्रहरी स्रोतका अनुसार उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4