+
+

वर्षा र राजको प्रेमसँगै म्यूजिक भिडियो यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १२:१४

नायिका वर्षा सिवाकोटी र कलाकार राज कटुवालको भेट भएको लामो समय भएको छैन । तर, यतिबेला उनीहरु जिन्दगीको नयाँ यात्रामा दौडिरहेका छन् । राज र वर्षाको भेट भएको केही समयमै उनीहरुको प्रेम यात्रा पनि सुरु भयो । भलै, यी दुई आफूलाई मिल्ने साथी बताउँछन् । तर, वर्षा र राजको प्रेम अब खुल्ला किताब जस्तै भैसकेको छ ।

वर्षा र राज केही दिन अगाडि मात्र होलिडे मनाउन चितवन पुगेका थिए । यी दुईले अब एकसाथ काम पनि गर्न थालेका छन् । केही दिन अगाडि मात्र वर्षा र राजले अभिनय गरेको नविन के भट्टराइको स्वरमा समावेश गीत सार्वजनिक भएको थियो । भलै, यो गीतले बजारमा खासै चर्चा पाएन ।

यसपछि, वर्षा र राजलाई नै लिएर ‘म यस्तो गीत गाउँछु’ बोलको गीत पनि तयार पारिएको छ । यो गीत शुक्रबार सार्वजनिक हुँदैछ । रियल लाइफमा समेत प्रेम जोडी बनेका केही कलाकारलाई लिएर भिडियो बनाउँदा चर्चा बढी हुने सोचेरै मेकरले उनीहरुलाई प्रस्ताव गर्ने गरेका छन् । कुनै समय पल शाह र आँचल शर्माको जोडी यसरी नै चम्किएको थियो ।

यसपछि, नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा, नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जोडी पनि यसरी नै भिडियोमा चम्किएको थियो । मेकर अहिले वर्षा र राजलाई भिडियोमा लिएर काम गर्न अगाडि देखिएका छन् । यसले, वर्षा र राजलाई कती फाइदा पुग्ने हो त्यो भने भोलीको कुरा हो । तर, प्रेम जोडीलाई कामको अफर पनि एकसाथ आउन थालेपछि फाइदा भने हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?