
१० भदौ, काठमाडौं । टर्कीले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता ल्याउन सुरु गरेको बताएको छ । नेटोको एक सदस्य मुलुकसमेत रहेको टर्कीले अफगानिस्तानमा आफ्ना पाँच सयभन्दा धेरै सैनिक परिचालन गरेको थियो ।
यसअघि अफगानिस्तानको काबुल एयरपोर्ट चलाउन टर्कीले आफ्नो सैन्य उपस्थिति कायम राख्न सक्ने अनुमान गरिएको थियो । यद्यपि बुधबार टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले बुधबार अफगानिस्तानलाई अब स्थायित्वको आवश्यकता रहेको भन्दै सैनिक फिर्ता गर्न लागिएको बताएका थिए ।
एर्दोगानले टर्कीले अफगानिस्तानको स्थायित्वको लागि सबै पक्षसँग वार्ता जारी राख्ने बताएका छन् । यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले तालिबानले टर्कीसँग आगामी दिनमा एयरपोर्ट सञ्चालनको लागि सहयोग मागेको बताएको थियो । यद्यपि त्यसका लागि उसले अफगानिस्तानबाट टर्कीले आफ्ना सेना फिर्ता गर्नुपर्ने शर्त राखेको थियो । समाचारमा उल्लेख गरिएअनुसार तालिबानले टर्कीसँग एयरपोर्ट सञ्चालनको लागि प्राविधिक सहयोग गर्न आग्रह गरेको हो ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4