+
+

कांग्रेस महाधिवेशन : निर्वाचन समितिले पायो ३८ जिल्लाको क्रियाशील सदस्यता सूची

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ भदौ १० गते २२:१६

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसिरहेका बेला महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका हुन् ।

१४ औं महाधिवेशन प्रक्रिया सुरु हुन ८ दिन मात्रै बाँकी छ । तर ७७ जिल्लामध्ये ३९ जिल्लाको क्रियाशील सदस्यको नामावली अन्तिम चरणमा पुगेको एक नेताले बताए । ‘अरु जिल्लाको काम पनि भइरहेको छ, अब चाँडै त्यसलाई  अन्तिम रुप दिन्छौं,’ ती नेताले भने, ‘समयमै क्रियाशील सदस्यता सूची वडा तहमा पुग्छ ।’

निर्वाचन समितिलाई वडा, पालिका, क्षेत्रीय (प्रदेश र प्रतिनिधिसभा) र जिल्ला अधिवेशनका लागि चारप्रति क्रियाशील सदस्य नामावली बुझाएको छ ।

निर्वाचन समितिलाई बुझाइएको क्रियाशील सदस्यको नामावलीमा प्रदेश १ का १० जिल्ला छन् । ताप्लेजुङ,  पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ,  सोलुखुम्बु,, ओखलढुंगा,  उदयपुर,  झापाको क्रियाशील सदस्यता निर्वाचन समितिले बुझेको छ ।

बागमती प्रदेशअन्तर्गत दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरको सदस्यता सूची बुझाइएको छ भने गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको सदस्यता सूची बुझाइएको छ ।

लुम्बिनी प्रदेशमा नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी र रोल्पाको क्रियाशील सदस्यता टुंगो लागेको छ भने कणर्ाली प्रदेशका रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला तथा सुुदूरपश्चिम प्रदेशमा बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यताको अन्तिम रुची निर्वाचन समितिलाई बुझाइएको छ ।

क्रियाशील सदस्य नामावली पाए लगतै निर्वाचन समितिले साँझ मतदान अधिकृतलाई प्रशिक्षण दिएको छ ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले कार्यतालिका अनुसार तोकिएकै मितिमा वडा अधिवेशन सुरु गर्ने गरी काम अगाडि बढेको बताए । ‘भदौ १८ गते वडा अधिवेशन गर्ने गरी काम गरिहेका छौं,’ उनले भने,  ‘क्रियाशील सदस्यता पाउने वित्तिकै मतदान अधिकृतलाई सम्बन्धित जिल्लामा पठाउँछौं ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?