+
+

रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १०:५४

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरु छलफलमा जुटेका हुन् ।

वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलपल हुने एक नेताले जानकारी दिए  ।

कांग्रेस क्रियाशील सदस्यको विवाद मिलिसकेको भनिए पनि पौडेल पक्षका जिल्ला सभापतिहरु अहिले पार्टी केन्द्रीय कार्यालयमा धर्ना तथा अनशनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन्  । क्रियाशील सदस्यता विधि अनुसार सच्याएर सूची अविलम्ब सार्वजनिक गर्नु पर्ने माग उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?