+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा दुई गुणा बढी आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १७:०३

११ भदौ, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा दुई गुणा बढी आवेदन परेको छ । मेगा क्यापिटलका अनुसार बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढीले आवेदन परेको हो ।

यस योजनाको प्रति इकाई मूल्य रु. १० का दरको १० करोड इकाईमध्ये न्यूनतम एक करोड पचास लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखिएको थियो । बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै माग भन्दा बढी आवेदन प्राप्त भई चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरिदका लागि आवेदन परेको मेगा क्यापिटलले जनाएको छ ।

नेपालको वित्तीय इतिहासमा हाल सम्मकै म्युचुअल फण्डमा सवै भन्दा धेरै आवेदन यस आयोजनामा प्राप्त भएको मेगा क्यापिटलको दाबी छ ।

मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी इकाईहरु बाँडफाँड गरिने मेगा क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?