+
+

एकीकृत समाजवादीको पाँच सदस्यीय स्थायी कमिटी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १७:४६

११ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ । नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी बनाएको हो ।

स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन् । एक नेताका अनुसार यो स्थायी कमिटी तत्कालका लागि मात्रै हो ।

राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गर्ने तयारी छ । ‘तत्काल काम चलाउन यो स्थायी कमिटी कायम गरिएको हो । चाँडै स्थायी कमिटी विस्तार हुनेछ,’ भुसालले भने ।

नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले ९ भदौमा वैधानिकता पाएको छ । एकीकृत समाजवादीको पदाधिकारी समेत टुंगिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?