+
+

कांग्रेस महाधिवेशन : थप १० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते २०:३२

११ भदौ काठमाडौं । नेपाली कांग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो ।

भदौ १८ मा निर्धारित वडा अधिवेशनका लागि बिहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको निर्वाचन समितिले शुक्रबार थप १० जिल्लाको नामावली सार्वजनिक गरेको हो ।

निर्वाचन समिति संयोजक महादेव यादवले सदस्यता सूची सार्वजनिक भएका जिल्लामा निर्वाचन अधिकृतलाई खटाइएको छ ।

निर्वाचन समितिले शुक्रबार धनकुटा, भोजपुर, गुल्मी, प्युठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख र अछाम जिल्लाको क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा सार्वजनिक गरेको हो ।

बिहीबार निर्वाचन समितिले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ,  सोलुखुम्बु,  ओखलढुंगा,  उदयपुर,  झापाको क्रियाशील सदस्यता सार्वजनिक गरेको थियो । यस्तै दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको सदस्यता सूची सार्वजनिक गरिएको छ ।

नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्लाका साथै बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको सदस्यता सूची पनि पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी मुख्यालय सानेपामा तीन दिनदेखि रिले अनसनमा छन् ।  कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?