+
+

कैलालीको मोहना नदीमा बगेर एकजना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते ६:३१

१२ भदौ, धनगढी । कैलालीको मोहना नदीमा तर्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

शुक्रबार साझ ६ बजेको समयमा कञ्चनपुरबाट मोहना नदी तरेर फर्किने क्रममा धनगढी उपमहानगरपालिका -३ का पुरन राना बगेर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बेपत्ता भएका रानाको खोजी कार्य भइरहेको जानकारी दिए ।

अविरल वर्षापछि आएको बाढीले मोहना नदीमा झण्डै ७ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुलसँग जोड्ने पहुँच मार्ग बगाएको छ भने स्काइ फोल्डिङ पुलसँग जोड्ने मार्गमा पनि क्षति पुगाएकाले आवतजावत रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?