 
																			१२ भदौ, गुल्मी । अविरल वर्षासँगै गएको पहिरोले अवरुद्ध गुल्मीको रिडी रुद्रवेणी सडक सञ्चालनमा आएको छ ।
शुक्रबार यो सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ साघुरेमा ढुङ्गा र माटोसहितको पहिरो खसेको थियो । अवरुद्ध बनेको सडक शनिबार दिउँसोबाट सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए ।
पानी निरन्तर रुपमा परिरहेका कारण पहिरो पन्छाउन ढिलाइ भएको थियो । पहिरो खसिरहेको स्थानमा बुटवलदेखि रुद्रवेणीतर्फ जाँदै गरेको ध १ च १४६ नम्बरको जीप अड्किएको थियो ।
स्काभेटर प्रयोग गरेर सुरक्षित स्थानमा निकालिएको छ । रिडी रुद्रवेणी सडक जिल्लाकै व्यस्त मानिन्छ । सोही सडक भएर गुल्मी जिल्ला र छिमेकी जिल्ला बाग्लुङसम्म जाने सवारी साधनहरु जाने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4