+
+

थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते १६:२८

१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३७०, ललितपुरमा ११२ र भक्तपुरमा ६७ जना संक्रमित भेटिएका छन् । त्यस्तै कास्कीमा १२४, सुनसरीमा ११८, झापामा ११५, चितवनमा ११२, मोरङमा ७५, मकवानपुरमा ५८, सुर्खेतमा ४७, रुपन्देहीमा ४२, तनहुँमा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३६ हजार ८६६ रहेको छ । जसमध्ये ३३ हजार ८३५ जना होम आइसोलेसनमा र ३०३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?