+
+

डाक्टरलाई कालोमोसो दल्नेलाई कारबाही माग गर्दै प्रहरी कार्यालयमा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते १७:४२

१२ भदौ, बुटवल । राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

अस्पताल विकास समितिका पदाधिकारी, अस्पतालका चिकित्सक र कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले संयुक्त रुपमा शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले यस विषयमा चासो नदिएको उनीहरुको आरोप छ ।

शुक्रबार दिउँसो पौने २ बजेतिर एमाले निकट अनेरास्ववियू दाङका जिल्ला अध्यक्ष सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित युवाहरुले डा. सिंहमाथि कालोमोसो दलेर दुव्र्यबहार गरेका थिए ।

अस्पतालमा नभएको कल्चर सेवा विषयमा विवाद हुँदा परियारसहितको टोलीले डा. सिंहमाथि कालोमोसो दलेका थिए । घटनाको विरोधमा आइतबार बिहान ८ बजे विरोध जुलुस निकाल्ने र आइतबार थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने स्वास्थ्यकर्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?