+
+

लिभरपुल र चेल्सीले खेले बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते ७:५६

१३ भदौ, काठमाडौं । प्रिमियर लिगमा लिभरपुल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले पहिले अग्रता लिए पनि कायम राख्न सकेन।

दुवै गोल पहिलो हाफमा भएको खेलमा चेल्सीका रिस जेम्सले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा रहेर खेलेको थियो । एक खेलाडी कम भए पनि चेल्सीले लिभरपुललाई दोस्रो हाफमा गोल गर्न दिएन ।

लिभरपुलबो घरेलु मैदान एनफिल्डमा खेलको २२औं मिनेटमा काइ हाभार्टले रिस चेम्सको कर्नरमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

लिभरपुलले पहिलो हाफको इन्जुरी टाइममा नाटकीय रुपमा बराबरी गर्‍यो । चेल्सीका रिस जेम्सले गोललाइनबाट बल क्लियर गर्ने क्रममा हातले बल छोएको देखिएपछि भिएआरको सहयोगमा जेम्सलाई रातो कार्ड दिँदै लिभरपुललाई पेनाल्टी दिएका थिए ।

लिभरपुलका मोहम्मद सालाहले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

दोस्रो हाफमा लिभरपुलले दबाब बनाए पनि गोल थप्न सकेन ।

यस बराबरीले दुवै टोलीको अपराजित यात्रा कायम रहे पनि शतप्रतिशत जित यात्रा भने रोकिएको छ । दुवै टोलीको समान ७ अंक छ ।

गोलअन्तरका आधारमा चेल्सी दोस्रो र लिभरपुल तेस्रो स्थानमा छ ।

क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेको वेष्टहम ७ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ब्राइटनलाई २-० ले पराजित गर्दै दोस्रो जित हात पारेको एभरटनको पनि ७ अंक भएको छ र चौथो स्थानमा छ ।

लेस्टर सिटीले नर्विच सिटीलाई २-१ ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?