+
+

४९ अंकले घट्यो शेयर बजार, तर घटेन यी कम्पनीका शेयर मूल्य

रोयल आचार्य रोयल आचार्य
२०७८ भदौ १३ गते १९:३७

१३ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार ४९ अंकभन्दा धेरैले शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से परिसूचक उच्च अंकले घट्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने राम्रै कमाएका छन् ।

२ वटा कम्पनीहरुको शेयर मूल्यमा त सकारात्मक सर्किट नै लागेको छ । कुनै पनि कम्पनीको एकै दिनमा १० प्रतिशत भन्दा धेरैले शेयर मूल्य घट्न वा बढ्न पाउँदैन । आइतबार नारायणी डेभलपमेन्ट बैंक र आँखुखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ ।

आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अंकले घटेर बन्द भएको हो । आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । फाइनान्स भने बढेर हरियो देखिएको छ ।

बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो कमाएका छन् । सबैभन्दा धेरै बढ्नेमा यो कम्पनी पहिलो नम्बरमा देखिएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै भएको छ । १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

३९ कम्पनीको मूल्य बढ्यो

आइतबार नेप्सेमा कारोबार हुने फाइनान्स समूहको सव इन्डेक्स बाहेक सबै समूहहरु ओरालो लागेका छन् । फाइनान्स भने २१ दशमलव ८८ अंकले बढेको छ । अन्य समूह सबै घटेर ओरालो लागेको छ ।

सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट नै लागेको छ । अर्को आँखुखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि सकारात्मक सर्किट नै लागेको छ ।

यसैगरी अरुणभ्याली हाइड्रोपावर, जानकी फाइनान्स र सिभिल लघुवित्त पनि धेरै कमाउनेको टप ५ मा पर्न सफल भएका छन् । हेर्नुस धेरै कमाउने कम्पनीहरुः

यी १० कम्पनी, जसले धेरै गुमाए

बजार नै उच्च अंकले घटेका कारण आइतबार कमाउने भन्दा गुमाउने कम्पनीहरुको संख्या ठूलो छ ।

धेरै गुमाउनेको पहिलो नम्बरमा रुरु जलविद्यतु कम्पनी देखिएको छ । यस कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट नै लागेको छ । शेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १६६ रुपैयाँले घटेर १ हजार ४ सय ९५ दशमलव ८० अंकमा झरेको छ ।

दोस्रो नम्बरमा देखिएको सिंगटी हाइड्रोको शेयर मूल्य ४४ रुपैयाँले घटेर ५५५ रुपैयाँमा झरेको छ । यो यस अघिको कारोबारको तुलनामा ७.३५ प्रतिशतले घटेको हो । हेर्नुस् धेरै गुमाउने १० कम्पनीहरु, कुनले कति गुमाए ?

 

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?