+
+

पछिल्लो ३ दिनमा बाढी-पहिरोबाट ९ जनाको मृत्यु, ४ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १९:३६

१३ भदौ, काठमाडौं । अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण पछिल्लो ३ दिनमा ९ जनाको मृत्यु भएको छ, ४ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० देखि परेको अविरल वर्षापछिको विपदका कारण ५ जना घाइते भएका छन् र ४२ घर पूर्ण रुपमा क्षति भएको छ । विपदका कारण समस्यामा परेका ७५६ जनालाई सुरक्षित आश्रयस्थलमा राखिएको छ ।

भदौ १५ गतेसम्म वर्षाको सम्भावना रहेको भन्दै प्राधिकरणले सर्वसाधारणलाई सुरक्षित हुन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले ३ दिनमा ४५ सय घर डुवानमा परेको अनुमान गरिएको बताए ।

सरकारले मनसुनजन्य विपदबाट प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार, पुनर्निर्माणका लागि क्षतिको विवरणको आधारमा हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईका जिल्लामा ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?