+
+

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते ९:४८

१४ भदौ, काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ ।

अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो । गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलगायतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’, ‘अब हिमाल बोल्छ’, ‘जनताको साहित्य’ लगायत कृति लोकप्रिय छन् ।

वि.सं १९९३ मा जुम्लामा  जन्मिएका  भट्ट प्रगतिशील लेखक संघ र प्रगतिशील प्राध्यापक संघका पूर्वअध्यक्षसमेत थिए ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रगतिशील लेखक संघका अध्यक्ष प्रा. डा. जीवेन्द्रदेव गिरीले जानकारी दिए ।

भट्टका श्रीमती र दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?