+
+

एलजी ओएलईडीलाई नवीनतम टिभी आविष्कारको मान्यता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १३:३७

काठमाडौं । एलजीले ईआईएसए अवार्डस्मा आफ्नो सफलताको प्रभावशाली कीर्तिमान थपेको छ । यसका पाँच घरेलु मनोरञ्जनका आविष्कारहरु पुरस्कार सिजनमा प्रशंसा कमाइरहेका छन् ।

ईआईएसए (एक्सपर्ट इमेजिङ्ग एण्ड साउण्ड एसोसिएसन) संसारको सबैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स सम्पादकीय संगठनद्वारा वार्षिक रुपमा आयोजित ईआईएसए अवार्डस्ले उत्कृष्ट एलजीका उत्पादनहरुलाई सम्मानित गरेको हो ।

एलजीको ६५ इन्च जी वान ओएलईडी टिभीलाई ईआईएसएले सर्वश्रेष्ठ प्रिमियम ओएलईडी टिभी २०२१–२०२२ नाम दिएको छ । एलजी ओएलईडी टिभीको लागि यो लगातार १०औं वर्षको प्रशंसाको प्रतीक भएको कम्पनीले जनाएको छ । एलजीको ४८ इन्च सी वान ओएलईडी टिभीले ईआईएसएकै पहिलो सबैभन्दा राम्रो गेमिंग टिभी अवार्ड जितेको कम्पनीले बताएको छ । यस वर्षको ईआईएसए आठ के टिभी सम्मान एलजी क्वीएनईडी मिनी एलईडी टिभीले प्राप्त गरेको र जसले अधिक विवरण र अधिक सटिक रंगहरु प्रदान गर्ने कम्पनको भनाइ छ ।

साउन्डबार श्रेणीमा एलजी इक्लेयरले एलजी परिवारका लागि ईआईएसए साउन्डवार इनोभेसन जितेको कम्पनीले बताएको छ । एलजीको लागि पहिलो ईआईएसए इन इयर हेडफोन्सको कोटिमा एलजी टोन फ्रि इयरबड्सले उत्कृष्ट ध्वनिको लागि जीत कमाएको र जसका उन्नत सुविधाहरु अन्य कुनै टीडब्लूएस उत्पादनमा नपाइएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?