+
+

सौैगात मल्लसँग धेरै कुरा सिक्छु भन्ने लागेको छः अनमोल केसी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १३:४३

नायक सौगात मल्लका चलचित्रले पछिल्लो केही बर्षदेखि खासै राम्रो व्यापार गरेका छैनन् । तर, सौगातको अभिनयको तारिफ भने जो कोहीले पनि गर्छन् । हरेक भूमिकाको गहिराइमा पुगेर अभिनय गर्न सक्ने भएकाले पनि सौगातको प्रशंसक धेरै छन् । उनै, सौगात मल्ल र पछिल्लो समयका चर्चित नायक अनमोल केसी पहिलो पटक एकसाथ पर्दामा देखिदैछन् ।

मुकुन्द भट्टकोे निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा अनमोल केसी, सौगात मल्ल र पुष्प खड्का फाइनल भैसकेका छन् । नायक अनमोल केसी पहिलो पटक सौगात मल्लसँग पर्दा शेयर गर्न पाउँदा आफू उत्साहित भएको बताउँछन् । अनमोलले अनलाइनखबरसँग भने–‘म सौगात मल्ल जस्तो लिजेन्ड कलाकारसँग काम गर्न पाउँदा निक्कैै नै उत्साहित छु । सौगात दाईसँग धेरै कुरा सिक्छु भन्ने पनि लागेको छ ।’

अनमोलले आफूले पहिलो पटक मल्टिस्टारर चलचित्रमा काम गर्न लागेको बताउँदै भने–‘कोरोनाका कारण नेपाली चलचित्र उद्योग नै धराशायी बनेको छ । यस्तो अवस्थामा हामी सबैले मिलेर यो क्षेत्रलाई उकास्न आवश्यक छ । यसैले, पनि मल्टिस्टारर चलचित्रमा काम गर्न म तयार भएको हुँ ।’

यूरोपका विभिन्न स्थानमा छायांकन हुने चलचित्रलाई जनवरीबाट खिचिनेछ । चलचित्रका लागि अनमोल, सौगात र पुष्पले तयारी सुरु गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?