
१५ भदौ, उदयपुर । प्रहरीले करणी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-२ लेखगाँउका ३२ वर्षीय राकेश राई र ओखलढुंगाका सिद्धिचरण नगरपालिका-११ बस्ने २९ वर्षीय यौवन ताम्राकार रहेका छन् ।
राई र ताम्राकार दुवैलाई महिलामाथि करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राईले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ भने ताम्राकारले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4