+
+

अष्ट्रेलियाले सिंगापुरबाट ५ लाख डोज खोप पैंचोमा ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १४:००

१५ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमण बढेसँगै अष्ट्रेलियाले कोरोना विरुद्धको खोप कार्यक्रममा जोड दिन थालेको छ । यसअघि शून्य संक्रमण राख्ने रणनीतिमा रहेको अष्ट्रेलिया सरकारले अहिले अधिकांश नागरिकलाई खोप दिएर संक्रमण नियन्त्रणको योजना बनाएको छ ।

खोप अभियानलाई थप तीव्रता दिन अष्ट्रेलियाले सिंगापुरसँग पैंचोमा खोप लिने सम्झौता गरेको छ । जसअनुसार यसै साता अष्ट्रेलियाले सिंगापुरबाट पाँच लाख डोज फाइजरको खोप पाउनेछ । यो खोप अष्ट्रेलियाले आगामी डिसेम्बरमा सिंगापुरलाई फिर्ता दिनुपर्नेछ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अहिलेको कठिन अवस्थामा पाँच लाख डोज कोरोना खोप निकै महत्वपूर्ण हुने बताएका छन् । मौरिसनले अहिले आफूहरु ७० देखि ८० प्रतिशत नागरिकलाई छिटोभन्दा छिटो खोप दिने लक्ष्यमा अघि बढिरहेको बताएका छन् ।

अहिले अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियामा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको छ । यी दुई राज्यमा लामो समयदेखि लकडाउन जारी भए पनि संक्रमण भने नियन्त्रणमा नआएको हो । मंगलबार न्यु साउथ वेल्समा कोरोनाका १ हजार १६४ नयाँ संक्रमित भेटिएका छन् भने भिक्टोरियामा ७६ नयाँ संक्रमित थपिएका छन् । क्यानबेरामा पनि १३ नयाँ संक्रमित थपिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?