+
+

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति चयन, पदाधिकारी पछि छान्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १५:१५
फाइल तस्वीर

१५ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।

नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् । इन्चार्ज दीपशिखाका अनुसार वाईसीएलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन् ।

गत शनिबारबाट शुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुवोध श्रीपाइली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका छन् । तर सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने गरी नयाँ केन्द्रीय कार्य समिति राष्ट्रिय भेलाले चयन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?