+
+

साउदी अरेबियाको विमानस्थलमा ड्रोन आक्रमण, ८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १८:०१

१५ भदौ, काठमाडौं । साउदी अरेबियाको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त आक्रमणमा परी आठ जना घाइते भएका छन् भने एउटा यात्रुबाहक विमान क्षतिग्रस्त भएको छ ।

साउदी अरेबियाको सरकारी न्युज च्यानल अल अरेबियाले दक्षिणी क्षेत्रमा अवस्थित उक्त विमानस्थलमा पछिल्लो २४ घण्टामा दोस्रोपटक आक्रमण गरिएको हो । अल अरेबिया च्यानलका अनुसार एउटा आक्रमण भएको केही घण्टामा नै दोस्रो आक्रमण भएको थियो, यद्यपि यो आक्रमण भने असफल पारिएको थियो । आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ ।

अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । यमनमा युद्ध गरिरहेको हुथी विद्रोहीले आक्रमण गराएको हुनसक्ने आशंका छ । केही दिनअघि यमनको दक्षिणी क्षेत्रमा रहेको ठूलो सैन्य क्याम्पमा मिसाइल र ड्रोन आक्रमण भएको थियो । उक्त आक्रमणमा साउदी अरेबियाको समर्थनमा रहेको यमनी गुटका ३० सैनिकको मृत्यु भएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?