+
+

माथिल्लो तटीय क्षेत्रबाट पुरिएको माटो बोकेर बग्दैछ मेलम्ची (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १२:३६

१७ साउन, काठमाडौं । मेलम्चीमा फेरि लेदोसहितको बाढी आएपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोलीले जलाधार क्षेत्रको अवलोकन गरेको छ । अवलकोनपछि गाउँपालिकाले माथिल्लो भागमा यसअघि असार १मा बाढी आउँदा नदीमा थुपि्रएर बसेको माटो बगेर आउन थालेको अनुमान गरेको छ ।

अध्यक्ष शेर्पाका अनुसार भीमाथाङमामा थुप्रिएको माटो कटान गर्दै नदी बगिरहेको छ। ‘ठूलो पानी नपर्दा सेमत यस्तो बाढी आउँदैछ भने अझ ठूलो पानी पर्‍यो भने माटो कटान थप बढेर जोखिम उच्च हुनसक्छ,’ उनले भने ।

यसअघि पुरिएका माटो पनि कटान गर्दै नदी बगेको देखिएको उनले बताए । सो माटो लेदोको रुपमा बाढीमा आएको हुनसक्ने अनुमान छ । सो क्षेत्रमा विभिन्न भागमा गएको पहिरोले पहाडी क्षेत्र छिया-छिया भएको देखिएको छ ।

मेलम्चीमा लेदोसहितको बाढी बढ्दा तटीय क्षेत्रका त्रास छ । विहानसम्म थप १२ घर र रातो पुलसमेत बगाएको छ । तटीय क्षेत्रका बजारहरु जोखिममा छन् ।

अध्यक्ष शेर्पाले हेलम्बु सडक सम्पर्कबाट बिच्छेद भएको बताए । उनले विहान भएको सडक मार्ग सहज गर्न आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाँडसँग पनि भेटघाट गरेका छन् ।

 

Posted by Dongba Nima Gyalzen on Saturday, 31 July 2021

तस्वीर र भिडियो : निमा ग्याल्जेन शेर्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?