Comments Add Comment

ओलीले भने : दमन शुरु भइसक्यो, मान्छेहरु निष्कासन हुन थालिसके

१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेसँगै दमन शुरु भएको बताएका छन् ।

तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो देशमा विकास र सुशासनका लागि कम्युनिष्ट नै चाहिन्छ भनेर स्थापित गरेको बताए ।

‘हामी सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलूस निकाल्न थालियो’ उनले भने ।

२०० मान्छेलाई भेला हुन नदिएको, तर भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे ४०० मान्छे जम्मा गरेर कार्यक्रम गरेको ओलीले बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’

यो भद्दा राजनीतीकरण र अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्र भएको उनले बताए ।

एमाले अध्यक्ष ओलीले यस्ता कदम सच्याउन सरकारलाई खबरदारी समेत गरेका छन् । उनले अघि भने, ‘प्रतिवाद पनि गर्छौं र आवश्यक पर्‍यो भने प्रतिरोध पनि गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment