Comments Add Comment

विश्वको महंगो फोन भर्टु अब नेपालमा

ह्याण्डमेड लक्जरी मोबाइल फोन ब्राण्ड भर्टुको नयाँ मोडेलको स्मार्टफोन पहिलो पटक नेपाली बजारमा उपलब्ध भएको छ ।

नोकियाले स्थापना रहेको बेलायतस्थित भर्टु कम्पनीले उत्पादन गरेको पछिल्लो फाइभ जी स्मार्टफोन IVERTU लाई ओलिज स्टोरले पहिलो पटक नेपाली बजारमा ल्याएको हो ।

सक्कली लेदर तथा महंगा धातु र पत्थरसँगै ह्याण्डमेड हुने भर्टुका फोनहरु निकै महंगा हुने गर्दछन् ।

पि्रमियम लेदर ब्याक रहेको आई भर्टु फाइभ जी स्मार्टफोनमामा ६.६७ इन्चको एमोलेड स्क्रिन रहेको छ, जसको रिजोलुसन १०८० गुणा २४०० पिक्सेल एफएचडी छ जसको रिफ्रेस दर १२० हर्ज छ ।  धातुको फ्रेम रहेको स्मार्टफोनमा प्रयोग गरिएको छालाको आधारमा दुई मोडेलमा उपलब्ध छ । एउटामा गोहीको छाला प्रयोग गरिएको छ भने अर्कोमा बाच्छाको छाला ।

आइभर्टु फाइभ जी मा स्नापड्रागन ८८८ फाइभ जी अक्टाकोर प्रोसेसर रहेको छ । यो प्रोसेसर क्वालकोमको फ्लागसीप चिपसेट हो । यसमा १२ जिबीको र्याम र ५१ जिबीको इन्टर्नल स्टोरेज रहेको छ ।

यो स्मार्टफोनमा क्वाड क्यामरा सेटअप रहेको छ । प्राइमरी क्यामरामा ६४ मेगापिक्सेलको सेन्सर रहेको छ । त्यस्तै अर्को अल्ट्रावाइड क्यामरा पनि ६४ मेगापिक्सेलकै छ । त्यस्तै अन्य दुईवटा क्यामरामा एउटा ५ मेगापिक्सेल म्याक्रो र अर्को २ मेगापिक्सेल डेप्थ सेन्सर क्यामरा छन् । त्यस्तै सेल्फी क्यामरा १६ मेगापिक्सेलको छ । यो फोनका क्यामराबाट उत्कृष्ट तस्वीर तथा भिडियो खिच्न सकिन्छ ।

यो फोनमा ४२०० मिलि एम्पियर आवरको अत्यधिक शक्तिशाली ब्याट्री छ जुन ५५ वाट फास्ट चार्जिंग सपोर्ट गर्दछ । यसमा डिस्प्लेभित्रै फिंगरपि्रन्ट स्क्यानर रहेको छ । साथै यसमा फेस लक सेन्सर पनि रहेको छ । यो स्मार्टफोनमा एन्ड्रोइड ११ सँगै भर्टु अपरेटिंग सिस्टम रहेको छ ।

आइ भर्टु फाइभ जी स्मार्टफोनलाई नेपाली बजारमा ल्याएको ओलिज स्टोरले यो फोनको मूल्य विवरण भने अहिलेसम्म खुलाएको छैन । फोनको एक अनबक्सिङ भिडियोमा खैरो रङको लेदर भएको फोन नेपालमा आइसकेको जानकारी गराइएको छ । भिडियो सँगै दिइएको लिंकमा यसको मूल्य चीनमा ४२ हजार ८०० युआन पर्ने बताइएको छ ।

यो फोन प्रिअर्डरका लागि उपलब्ध भैसकेको पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment