Comments Add Comment

टोकियो ओलम्पिक : इटलीका मार्सेल ज्याकोब्सले जिते पुरुष सय मिटर दौडमा स्वर्ण

१७ साउन, काठमाडौं । इटलीका लामोन्ट मार्सेल ज्याकोब्सले पुरुष सय मिटर दौडमा स्वर्ण जितेका छन् । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा ज्याकोब्सले ९.८० सेकेण्डमा दूरी पूरा गर्दै पुरुष १०० मिटर स्प्रीन्ट स्वर्ण जितेका हुन् ।

अमेरिकाका फ्रेड केरलेले ९.८४ सेकेण्डमा दूरी पूरा गर्दै रजत जित्दा क्यानडाका आन्द्रे डे ग्रासले ९.८९ सेकेण्डसहित कास्य पदक जिते । दुवैले व्यक्तिगत समयमा सुधार गरे ।

ज्याकोब्स ओलम्पिकमा १०० मिटरमा स्वर्ण जित्ने २००८ यताकै पहिलो खेलाडी समेत बने । जमैकन रेकर्ड होल्डर युसेन बोल्टले सन् २००८ देखि २०१६ सम्म लगातार तीन पटक स्वर्ण जितेका थिए ।

ज्याकोब्सले फाइनलसम्म आइपुग्दा १४ मिलिसेकेण्ड समय सुधार गरे । उनले राउण्ड वानमा ९.९४ र सेमिफाइनलमा ९.८४ सेकेण्डमा १०० मिटर दूरी दौडेका थिए । उनले युरोपियन क्षेत्रको समेत कीर्तिमान बनाए ।

१०० मिटरमा विश्व कीर्तिमान भने बोल्टकै नाममा छ । बोल्टले सन् २००९ को विश्व च्याम्पियनसिपमा ९.५८ सेकेण्डको कीर्तिमान बनाएका थिए । यस्तै २०१२ को लण्डन ओलम्पिकमा उनले ९.६३ सेकेण्डको ओलम्पिक कीर्तिमान बनाएका थिए । दुवै कीर्तिमान कसैले तोड्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment