Comments Add Comment

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

माओवादी केन्द्रका एक नेताले सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने बताए ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मात्र सरकारमा सहभागी छन् । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

यो पनि पढ्नुहोस एमाले एकताको ब्रिफिङसँगै वडातिर फर्कँदै माओवादी केन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment