+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

रासस रासस
२०७८ साउन १८ गते ८:४१

१८ साउन, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम गरिरहेको थियो, सोहीअनुसार जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालीकोटको मान्मसम्म लाइन जोड्नु पूर्ण लाइनसमेत परीक्षण गरिएको थियो, प्राधिकरणले प्रसारण लाइन जोडेपछि विद्युत्को समस्या केही हल हुने छ ।”

सांसद गजेन्द्रबहादुर महतले लामो सङ्घर्षपछि जुम्लामा प्रसारण लाइन जोडिएकामा खुशी व्यक्त गर्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताए । उनले लामो समयदेखि संसद्मा विद्युत् प्रसारण लाइन जुम्लामा जोड्न माग गर्दै आएका थिए ।

सदरमुकाममा बत्ती बलिसकेको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ मा चाँडै जोड्न काम गरिने भएको छ । प्राधिकरणले दशैँसम्म यहाँका आठवटै स्थानीय तहका मुख्य स्थानमा विद्युत् पुर्‍याउने लक्ष्य लिएको वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार दैलेखको चुप्रा दुल्लु १५० किमी, दुल्लु कालीकोट ६० किमी र कालीकोट-जुम्ला ८० किलोमिटरमा ३३ केभीको लाइन जोड सफल भएको विद्युत् वितरण केन्द्रले जनाएको छ । सो लाइन सदरमुकाम खलङ्गामा नपुग्दा यहाँका झण्डै तीन हजार ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका थिए ।

प्रसारण लाइन समयमै पुयाउने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वितरण शाखाका प्रमुख पाण्डेले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?