Comments Add Comment

तेल बोकेको जहाजमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको आरोप

१८ साउन, काठमाडौं । अमेरिका र बेलायतले इरानले समुद्रामा तेल बोकेको जहाजमा आक्रमण गरेको आरोप लगाएका छन् । गत बिहीबार इजरायली कम्पनीले सञ्चालन गरेको तेल ट्यांकर एमभी मर्सर स्टि्रटमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा रोमानिया र बेलायतका एक/एक जनाको मृत्यु भएको थियो ।

अमेरिका र बेलायतले उक्त आक्रमणमा इरानको हात रहेको बताउँदै यो अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको बताएका छन् । उनीहरुले इरानसँग यसबारे जवाफ दिन पनि माग गरेका छन् । बेलायतका विदेशमन्त्री डोमिनिक राबले भनेका छन्, ‘हामीलाई थाहा छ कि इरानले एमभी मर्सर स्टि्रटमाथि आक्रमणको लागि एक वा एकभन्दा धेरै ड्रोनको प्रयोग गरेको थियो ।’

उनले उक्त आक्रमण जानाजान गरिएको भन्दै यो अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन भएको उल्लेख गरेका छन् । उनले थपे, ‘इरानले यस किसिमका आक्रमण तत्काल रोक्नुपर्छ र ट्यांकरको सुरक्षित आवागमन सुनिश्चित गर्नुपर्छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि यो आक्रमण इरानले नै गरेको दाबी गर्दै यसको ‘उचित जवाफ’ दिइने बताएका छन् ।

यसअघि इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेटले पनि यो आक्रमण इरानले गराएको पर्याप्त प्रमाण रहेको दाबी गरेका थिए । उनले इरानलाई कसरी सन्देश दिनुपर्छ भन्ने आफूहरुलाई थाहा भएको बताएका थिए । इरानले भने यी सबै आरोप आधारहीन रहेको बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment