+
+
Shares

लागूऔषधसहित सिरहाबाट एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते १३:१०

१८ साउन, जनकपुरधाम । सिरहा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका-५ सिरहाका २६ बर्षीय प्रभुनारायण सिंह रहेका छन् । सिंहलाई लहान नगरपालिका-१ बाट लागूऔषधसहित पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

को.२६प १८९ नम्बरको मोटरसाइकलमा सबार सिंहलाई आईतबार राति पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार सि.हको साथबाट ४ हजार ७ सय ४० थान नाइट्राभेट ट्याब्लेट, १९४ एम्पुल डाइजेपाम, १९४ एम्पुल फेनारगन, ७ बोतल डाइलेक्स डिसी र नाम लेबल नभएको १९४ एम्पुल लागूऔषध बरामद भएको छ ।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?