Comments Add Comment

बिदामा हुनुहुन्छ ? जिमेलमा यसरी सेट गर्नुहोस् अटोम्याटिक सन्देश

आफू बिदामा बसेको वा कार्यालयभन्दा बाहिर रहेको समयमा पनि आफूले कार्यालयमा प्रयोग गर्ने अफिसियल वा व्यक्तिगत इमेल ठेगानामा विभिन्न इमेल, पत्र तथा जानकारीहरु आउन सक्दछन् । तीमध्ये कतिपय निकै महत्वपूर्ण तथा तत्कालै जवाफ दिनुपर्ने वा कार्यान्वन्यनमा लैजानुपर्ने हुन सक्दछन् । प्रेषकलाई तपाईं कार्यालयमा नभएको जानकारी नहुन सक्दछ र पठाएको इमेल वा पत्रको जवाफ कुरिरहेको हुनसक्दछ । यसबाट कहिलेकाहीँ निकै महत्वपूर्ण काम पनि छुट्ने वा समयमा नहुने जोखिम रहन्छ ।

त्यसैले यदि तपाईंले आफ्नो कार्यालयको काममा जिमेल प्रयोग गर्नुहुन्छ अनि केही दिन बिदामा बस्ने वा कार्यालयभन्दा बाहिर रहने सोच बनाउनुभएको छ भने तपाईंले जिमेलमा अटोम्याटिक रुपमा त्यसको जानकारी दिन सक्नुहुन्छ । जसबाट इमेल प्रेषकले तत्कालै तपाईं बिदामा रहेको वा कार्यालय बाहिर रहेको जानकारी पाउँदछ ।

यसका लागि जिमेलको भ्याकेसन रेस्पोन्डर टूलको प्रयोग गर्न सकिन्छ । यो टूलमार्फत् आफू तत्काल उपलब्ध नरहेको हुँदा इमेलमाथि कार्यवाही गर्न नसक्ने व्यहोराको अटोम्याटिक जवाफ आफ्नो जिमेलमा सेट गर्न सकिन्छ । यसो गरिसकेपछि यदि तपाईंलाई कसैले इमेल पठायो भने उसले तत्कालै उल्लेखित व्यहोराको जवाफ प्राप्त गर्दछ ।

जिमेलमा अटोम्याटिक भ्याकेसन रिप्लाई सेट कसरी गर्ने ?

· ब्राउजरमा जिमेल लगइन गर्नुहोस्

· माथिल्लो भागको दायाँपट्टी रहेको Settingsअप्सनमा क्लिक गर्नुहोस्
· त्यसभित्र रहेको See all settings मा जानुहोस्
· स्क्रोल डाउन गरी Vacation Responder Tool मा गएर भ्याकेसन रेस्पोन्डर अप्सनलाई on गर्नुहोस्
· त्यसपछि आफू विदामा रहने मिति, विषय तथा अटोम्याटिक जवाफको व्यहोरा लेख्नुहोस्
· पेजको अन्तिममा रहेको Save Changesमा क्लिक गर्नुहोस्
जब तपाईं कार्यालयको काममा फर्किनुहुन्छ र यस्तो अटोम्याटिक जवाफ बन्द गर्न चाहुनुहुन्छ तब तपाईंले आफ्नो जिमेलको इनबक्सको माथिल्लो भागमा ब्यानरमा End now मा क्लिक गरे पुग्दछ ।

Vacations Reply बारे जान्नैपर्ने कुरा

· तपाईंले भ्याकेसन रिप्लाई सेट गरेपछि रातको १२ बजेबाट मात्र अटोम्याटिक रिप्लाईको यो फिचर सक्रिय हुन्छ र बीचमा रद्द नगरेको अवस्थामा अन्तिम मितिको बिहान ११ः५९ बजे सकिन्छ ।
· सामान्यतया यस्तो अटोम्याटिक जवाफ तपाईंलाई पहिलोपटक इमेल पठाएको व्यक्तिलाई जान्छ । तर यदि भ्याकेसन रिप्लाई सेट गरेको ४ दिनमा एउटै व्यक्तिले पुनः इमेल पठाएमा उसलाई पनि त्यस्तो जवाफ जान्छ ।
· प्रयोगकर्ताले भ्याकेसन रिप्लाइको भाषा इडिट गरेको प्रत्येक पटक नयाँ रेस्पोन्स सुरु हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment