१८ साउन, काठमाडौं । मिडफिल्डर प्रकाश बुढाथोकी फ्रेण्ड्स क्लबमा अनुबन्धित भएका छन् । कुपण्डोलको क्लब फ्रेण्ड्सले प्रकाशलाई आगामी शहीद स्मारक ए डिभिजन लिगका लागि अनुबन्ध गरेको हो ।
फ्रेण्ड्सले प्रकाशलाई क्लबमा अनुबन्ध गरिएको र टिमलाई कप्तानी गर्ने समेत जनाएको छ । प्रकाशले गत सिजन नेरोकाबाट भारतमा आई लिग खेलेका थिए । नेपालमा भएको नेपाल सुपर लिगमा भने उनलाई कुनै टिमले लिएन ।
उनी झण्डै एक दशकपछि फ्रेण्ड्समा फर्किएका छन् । उनले यो बीचमा लामो समय थ्री स्टारका लागि समेत खेलेका थिए । त्यसपछि मनाङ मर्स्याङ्दीबाट पनि खेले । उनले पछिल्लो पटक एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबसँगको छलफलपछि कात्तिक २९ गतेदेखि ए डिभिजन लिग गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4