+
+
Shares

माधव समूहको स्थायी कमिटी बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते १४:१९

१८ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो ।

एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको २७ जेठमा दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन ।

अध्यक्ष केपी शर्मा ओलीतर्फको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?