
१९ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको चक्रपथबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुर प्रताप थापा रहेका छन् ।
उच्च अदालत पाटनको २०७६ साल भदौ ३ गतेको फैसलाले थापालाई ३९ लाख ९६ हजार ४ सय रुपैया जरिवाना सुनाएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थापालाई मंगलबार चक्रपथबाट पक्राउ गरेको जनाएको छ ।
थापाले २०७६ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्या देव विकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ३९ लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।
बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4