Comments Add Comment

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१९ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

विपक्षी दलका सांसदहरुले यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा छलफल नै नगरी सांसदको अधिकार हनन गरिएको बताृएका छन् । मुख्यमन्त्रीविरुद्ध आफूहरुको अविश्वास अहिलेसम्म कायम रहेको भन्दै उनीहरुले संविधानको धारा १८८ (४) र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली नियम १४४ (१) बमाोजिम अविश्वास प्रस्ताव दर्ता गरेको उल्लेख गरेका छन् ।

विपक्षी सांसदहरुले अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन पनि माग गर्ने बताएका छन् ।

हेर्नुहोस् अविश्वास प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment