
१९ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बुधबार बिहान ११ बजे बस्ने गरी उनले बैठक बोलाएका हुन् ।
एक नेताका अनुसार उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरु आइनपुग्ने अवस्था रहे बैठक सर्ने सम्भावना पनि छ ।
नेता नेपालले जारी एकता प्रक्रियाबारे छलफल गर्न केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् । एकताका निम्ति जुटेको दशबुँदे सहमति र संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्य र सांसदहरुसँग छलफल गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4