Comments Add Comment

न्यूयोर्कका गभर्नरमाथि यौन उत्पीडनको आरोप, राष्ट्रपति बाइडनले मागे राजीनामा

२० साउन, काठमाडौं । अमेरिकी डेमोक्रेट नेता एवम् न्यूयोर्कका गभर्नर एन्ड्रीयू कुओमोमाथि प्रान्तीय सरकारका बहालवाला र पूर्व कर्मचारीमाथि यौन उत्पीडनको आरोप लागेको छ ।

यौन उत्पीडनको आरोप लागेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले गभर्नर कुओमोको राजीनामा मागेका छन् ।

कुओमो बाइडन प्रशासनका निकट नेता मानिन्छन् । कुओमोमाथि लागेको आरोपबारे पाँच महिनासम्म अनुसन्धान भएको थियो । यस क्रममा १७९ जनासँग सोधपुछ गरिएको थियो ।

अनुसन्धानको क्रममा कुओमोसँग नियमित सम्पर्कमा रहेका सैनिक, कर्मचारी लगायतसँग सोधपुछ गरिएको थियो । त्यसपछि कुओमो प्रशासनमा कामकाज खराब र भययुक्त वातावरण भएको पाइएको निष्कर्ष निकालिएको छ । अनुसन्धानपछि गभर्नर कुओमो दोषी पाइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

न्युयोर्क राज्यका महान्यायाधीवक्ता लेतिनिया जेम्सले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने- सोधपुछबाट आएको तथ्य निकै हैरान बनाउने खालको छ । गभर्नर कुओमोले राज्यका मौजुदा र पूर्व कर्मचारीहरुलाई यौन उत्पीडिन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment