+
+
Shares

कार किन्दा आलोचना गर्नेलाई पुष्पको जवाफ–‘फिल्म क्षेत्रबाटै स्थापित हुन सकिन्छ भन्न खोजेको हुँ’

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते ११:५४

नायक पुष्प खड्कालाई चलचित्र क्षेत्रमा प्रवेश गर्दा उनको परिवारले नै दुविधा व्यक्त गरेको थियो । चलचित्र क्षेत्रमा मात्रै लागेर करिअर अगाडि बढाउन र आर्थिक रुपमा सफल हुन सकिन्छ त भन्ने सोच उनको परिवारमा थियो । तर, नेपाली चलचित्र क्षेत्रमा आजका दिनमा स्थापित हिरो बन्दै गर्दा पुष्प उनको परिवारका लागि उदाहरण बनेका छन् ।

केही दिन अगाडि मात्र पुष्पले ७० लाखको कार किनेको खबरले बजारमा चर्चा पायो । सो समयमा कतिपय चलचित्रकर्मीले नै कार किनेको पनि समाचार बन्छ भनेर आलोचना गरेका थिए ।

यो बिषयमा पुष्प भन्छन्–‘मलाई यो सफलता चलचित्र क्षेत्रले नै दिएका कारण मैले शेयर गरेको हुँ । हामी, चलचित्र वा भिडियो रिलिज हुँदा दर्शक तथा मिडियामाझ शेयर गर्छौ । मैले कार किनेको कुरा कसैका लागि सानो होला, तर मेरो लागि ठूलो कुरा हो ।’

पुष्पले यो क्षेत्रबाट पनि करिअर बलियो बनाएर अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न आफूले सफलताको कथा शेयर गरेको बताएका छन् । उनले भने–‘यो क्षेत्रमा लागेर केही हुँदैन कि भनेर सोच्नेहरुलाई व्यवसायिक रुपमा पनि सफल बन्न सकिन्छ भनेर उदाहरण दिन खोजेको हुँ । अब, यो कुरामा केही चलचित्रकर्मीहरुलाई किन गाह्रो भयो मैले वुझेको छैन ।’

आफू अभिनित म्यूजिक भिडियो ‘जिउनु छ साथमा’ बोलको गीत सार्वजनिक कार्यक्रममा पुष्पले यो कुरा व्यक्त गरेका हुन् । यो भिडियोमा पुष्पले प्रकृती घिमिरेसँग रोमान्स गरेका छन् । भिडियोलाई सुलेमान शंकरले निर्देशन गरेका छन् । लगातार म्यूजिक भिडियोमा काम गरिरहेका पुष्पको चलचित्रमा पनि राम्रो माग छ । उनी अभिनित ३ चलचित्र त रिलिजको पर्खाइमा छन् । चलचित्र क्षेत्र खुलेपछि पुष्प एकपछि अर्को चलचित्रमा व्यस्त हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?