Comments Add Comment

काजोल : फिल्मी करियरका रोमाञ्चक कथा

आज बलिउड अभिनेत्री काजोलले ४६ औं जन्मदिन मनाइरहेकी छिन् । फिल्मी करियरमा उनको सबैभन्दा बढी केमेस्ट्री शाहरुख खानसँग मिल्यो । उनीहरुको अनस्क्रिन जोडी औधि रुचाइयो पनि । पछि काजोल र शाहरुखको अफेयरको हल्ला खुब चल्यो । तर, यतिबेलासम्म काजोलले अजय देवगनसँग लगनगाँठो कसिसकेकी थिइन् ।

काजोल र अजय बलिउडका आदर्श जोडी हुन् । अहिलेसम्म उनीहरुको खटपट वा विवाद सतहमा देखिएको छैन । उनीहरु दुई सन्तानका मातापिता बनिसकेका छन् ।

काजोलको बलिउड यात्रा

५ अगष्ट १९७४ मा मुम्बईमा जन्मिएकी काजोललाई अभिनयको कला घर–परिवारबाटै प्राप्त भयो । उनका बुवा सोमु मुखर्जी निर्माता हुन् भने आमा तनुजा कुनै बेलाकी लोकप्रिय अभिनय अभिनेत्री थिइन् । घरमै फिल्मी वातावरण भएपछि काजोल प्राय आफ्नी आमासँग फिल्मको सुटिङ हेर्न जाने गर्दथिन् । त्यस कारण पनि उनको फिल्मप्रतिको रुची बढ्न थाल्यो । त्यसैले उनले पनि सानै उमेरदेखि फिल्मको अभिनेत्री बन्ने सपना देख्न थालिन् ।

काजोलले आफ्नो प्रारम्भिक शिक्षा सेन्ट जोसेफ कन्भेन्ट पंचनगीबाट प्राप्त गरिन् । त्यसपछि उनले अभिनेत्रीको रुपमा आफ्नो फिल्मी करियर सन् १९९२ मा फिल्म ‘बेखुदी’ बा गरिन् । युवा प्रेम कथामा आधारित उक्त फिल्ममा उनका नायकको भूमिकामा थिए कमल सदाना । यद्यपि, कमजोर पटकथा तथा निर्देश्ँनका कारण उक्त फिल्म व्यवसायिक रुपमा असफल मानियो ।

सन् १९९३ मा काजोलले अब्बास–मुस्तानको फिल्म ‘बाजीगर’ मा काम गर्ने मौका पाइन् । उक्त फिल्ममा उनका नायक थिए शाहरुख खान । त्यसो त फिल्मको सम्पूर्ण कथा शाहरुख खानमै केन्द्रित थियो, तर काजोलले पनि आफ्नो दमदार अभिनबाट दर्शकहरुको मन जित्न सफल भइन् ।

सन् १९९४ काजोलको फिल्मी करियरको लागि महत्वपूर्ण वर्ष सावित भयो । उक्त वर्ष उनले अभिनय गरेका उधार की जिन्दगी, ये दिल्लगी तथा करण अर्जुन जस्ता सफल फिल्महरु प्रदर्शन भए । उधारकी जिन्दगी बक्स अफिसमा असफल सावित भयो, तर  काजोलले आफ्नो आकर्षक अभिनयबाट दर्शकको मन जितिन् । त्यही वर्ष उनलाई बम्बे फिल्म जर्नालिस्ट एशोसिएसनद्वारा सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कारबाट सम्मानित गरियो ।

वर्ष १९९४ मै काजोललाई यश चोपडाको ब्यानरमा निर्माण भएको फिल्म ये दिल्लगीमा काम गर्ने मौका मिल्यो । उक्त फिल्ममा उनका नायकको भूमिकामा थिए अक्षय कुमार तथा सैफ अली खान । उक्त फिल्मको सशक्त भूमिकाका कारण उनले पहिलो पटक सर्वश्रेष्ठ अभिनेत्रीको फिल्म फेयर अवार्डमा मनोनित समेत हुन सफल भइन् ।

सन् १९९५ मा काजोलले यश चोपडाकै फिल्म दिलवाले दुल्हनियाँले जाएंगेमा काम गर्ने मौका पाइन् । उक्त फिल्म नै काजोलको अभिनय करियरको टर्निङ प्वाइन्ट सावित भयो । काजोल तथा शाहरुख खानको उत्कृष्ट अभिनयले सजिएको उत्तः फिल्म सुपरहिट सावित भयो ।

सन् १९९७ मा काजोलले निर्माता राजीव रायको फिल्म ‘गुप्त’ मा काम गर्ने मौका पाइन् । उक्त फिल्म पनि सुपरहिट भयो । फिल्म गुप्तमा काजोलले नकारात्मक भूमिका निर्वाह गरेकीछिन् । उक्त फिल्मको नकारात्मक भूमिकाकै लागि काजोलले उक्त वर्षको फिल्म फेयर एवार्डमा सर्वश्रेष्ठ खलनायकको पुरस्कार समेत जित्न सफल भइन् । फिल्म उद्योगको इतिहासमा पहिलो पटक कुनै अभिनेत्रीलाई सर्वश्रेष्ठ खलनायकको फिल्म फेयर अवार्ड प्रदान गरिएको थियो ।

सन् २००१ मा प्रदर्शन भएको फिल्म कभी खुशी कभी गमपछि काजोलले फिल्म उद्योगको सक्रियतालाई घटाइन् । त्यसपछि सन् २००६ मा यश चोपडाकै ब्यानरम ाबनेको फिल्म ‘फना’ मार्फत उनले बलिउडमा धमाकेदार पुनरागमन गरिन् । काजोलको अभिनय करियरमा उनको जोडी अभिनेता शाहरुख खानसंग सबैभन्दा बढि जमेको पाइयो ।

काजोलले आफ्नो अभिनय करियरमा चार पटक सर्वश्रेष्ठ अभिनेत्रीका लागि फिल्म फेयर पुरस्कारबाट सम्मानित भैसकेकी छिन् । सन् २०११ मा काजोलले पद्यमश्री पुरस्कार पनि पाइन् । काजोल भगवान शिवलाई निकै मान्छिन् । त्यसैले उनले औंलामा एउटा औंठी लगाएकी छिन्, जसमा ओम लेखिएको छ । अजय देवगणको फिल्म शिवायको नाम पनि काजोलले नै भनेर राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment