Comments Add Comment

गुल्मीमा निषेधाज्ञामा कडाइ, यातायातका साधन सञ्चालनमा रोक

२१ साउन, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञालाई कडाइ गर्दै थप गरिएको छ । निषेधाज्ञा खुकुलो पार्दै जाँदा कोरोना संक्रमण बढ्न थालेपछि पुनः कडाइका गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ ।

थप गरिएको निषेधाज्ञा २३ गतेदेखि ३२ गतेसम्म लागू हुनेछ । यो अवधिमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रावती शर्माले जानकारी दिइन् ।

थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साउन २५, २७ र २९ गते बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म बजेसम्म संचालन गर्न पाइनेछ । संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका अन्य सबै पसल पनि बन्द गरिने उनले बताइन् ।

बैंक तथा वित्तीय संस्थाहरु भने पूर्ण बन्द रहनेछन् । निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालवाहक गाडी पनि साउन २५, २७ र २९ गते मात्रै पाउने भएका छन् ।

निषेधाज्ञामा एम्बुलेन्सबाहेक मोटरसाइकलसहित र सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् । तोकिएका क्षेत्रबाहेक अन्य सम्पूर्ण क्षेत्र बन्द रहने निर्णय भएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जुनसुकै उपर प्रचलित कानून बमोजिक कारबाही हुने प्रशासनले जनाएको छ । गुल्मी जिल्लामा कोरोनाको दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ४१६ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोनाविरुद्धको पहिलो मात्राको खोप लागाउनेको संख्या ४३ हजार २६१ जना रहेका छन् । दोस्रो मात्रासमेत लगाउनेको संख्या ९ हजार ८९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment