Comments Add Comment

लागूऔषधसहित सुर्खेतबाट दुई जना पक्राउ

२१ साउन, सुर्खेत । सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । तिला गाउँपालिका जुम्लाका १८ वर्षीय कालीबहादुर शाही र २१ वर्षीय खिमराज शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार उनीहरुलाई शंकास्पद रुपमा बाटोमा हिँडिरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–७, ईत्रामस्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट २९० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । चेकजाँच गर्दा खिमराजले आफ्नो बायाँ हातको मुठ्ठीभित्र राखेको कालो प्लास्टिकबाट तीन प्याकेट र कालीबहादुर शाहीको पाइन्टबाट चार प्याकेट लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट दुईवटा मोबाइल सेट र दुई हजार ४५० रुपैयाँ नगद समेत बरामद गरिएको डीएसपी घर्तीले बताए । पक्राउ परेका दुवै जनालाई म्याद थपेर थप अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment