+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

करदाता सेवा कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १८:४७

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले कपिलवस्तु जिल्ला, तौलिहवा वडा नं ०१, करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गर्नुभयो ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादीन कुर्मी तथा उपाध्यक्ष संदीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोज प्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलालगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्नेछन ।

करिव छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८६ एटियम रहेका छन् । बैंकलेे हालसम्म करिब रु. ९० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८३ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?