२२ साउन, काठमाडौं । प्रिमियर लिग च्याम्पियन क्लब म्यानचेस्टर सिटीले मिडफिल्डर ज्याक ग्रिलिसलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गरेको छ ।
सिटीले बिहीबार ग्रिलिसलाई एस्टन भिल्लाबाट अनुबन्ध गरेको जनाएको छ । सिटीले ग्रिलिसलाई १०० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । जुन बेलायती ट्रान्सफरमा कीर्तिमानी रकम हो । यसअघि म्यानचेष्टर युनाइटेडले पउल पोग्बालाई ९० मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
२५ वर्षीय इंग्लिस खेलाडी ग्रिलिसले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन् । ग्रिलिसले अब सिटीमा सर्जियो अगुएरोले छाडेको १० नम्बरको जर्सी लगाउने छन् ।
ग्रिलिसले ८ सिजन एस्टन भिल्लामा बिताउँदा कूल २१३ खेल खेले । जसमा ३२ गोल गरे भने ४३ असिस्ट गरे ।
ग्रिलिसले सन् २०१४ मा एतिहाड स्टेडियममा सिटी विरुद्ध खेल्दै एस्टन भिल्लाका लागि डेब्यु गरेका थिए ।
प्रतिक्रिया 4